कुनै राम्रो संसारमा,
संगै छौँ हामी।
त्यो संसार
मेरो मनका सात तहहरूको भित्र लुकेको छ।
त्यो संसारका आफ्नै मौसमहरू छन्।
त्यो संसारको एक साउन नै सात तहहरू
पग्लिँदै आउँछन् मेरो आँखाबाट।
हेर त!
त्यो संसारमा पनि भिज्छौं हामी,
र यो संसारमा पनि भिज्छौं हामी।।